११ कार्तिक २०८३, बुधबार

विद्युतका यी कर्मचारीहरूको छक्कै पार्ने हर्कत्, झिसमिसेमै कार्यालय पुगेर…

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ११ कात्तिक । नेपाल विद्युत् प्राधिकरण, तनहुँ वितरण केन्द्रका अधिकांश कर्मचारी झिसमिसेमै कार्यालय पुग्छन् । तर, काम गर्न होइन, ‘ओभर टाइम’बाफतको थप भत्ता लिन बिहान ७ बजे नै हाजिर गर्ने गरेको पाइएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यतिसम्म कि बिदाका दिन झन् धेरै कर्मचारी हाजिर हुन्छन् । यसको पछिल्लो उदाहरण हो, दसैं बिदा । फुलपातीदेखि सार्वजनिक बिदा थियो । तर, विद्युत्का कर्मचारीले अष्टमी, नवमी र विजयादशमीका दिनमा समेत कार्यालय पुगेर हाजिरी गरेका छन् ।

‘बिहानै अफिस आउँछन्, हाजिर गर्छन् र घर फर्किन्छन् । आ–आफ्नो काममा जान्छन्,’ एक कर्मचारीले भने । ‘ओभर टाइम’ बाफतको थप भत्ता लिन विद्युत्का कर्मचारीको रुटिङ नै बनेको छ । प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले डियुटीभन्दा अन्य वेलामा अतिरिक्त हाजिर गरेको भए पनि ओटी भत्ता नदिने बताए ।

‘मैले पटकपटक बिहानै आएर हाजिर नगर्नुस् हाजिर गरे पनि ओटीको पैसा पाउनुहुन्न, स्थानीयको गुनासो बढेको छ भन्दा पनि आएर हाजिर गरेर जाने गरेका छन्,’ केन्द्र प्रमुख गोशलीले भने, ‘ओटी गरे पनि मैले अतिरिक्त भत्ता दिएको छैन ।’

दसैं बिदामा मात्रै होइन, अन्य बिदामा पनि कर्मचारीले हाजिर गरेको पाइएको छ । कर्मचारीलाई काममा नियमत गराउन २५ मंसिरदेखि विद्युतीय हाजिरीको व्यवस्था गरिएको हो । तर, यसले कर्मचारीलाई काम नगरी अतिरिक्त कामको भत्ता लिन सजिलो भएको छ ।