
काठमाडौं, १० कात्तिक । काठमाडौं रोयल्सले पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी शुरुवात गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले दिपेन्द्र सिंह ऐरीको एक्स्पर्ट धनगढी ब्लुजलाई १७ रनले हराएको हो ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको शनिबारको दोस्रो खेलमा काठमाडौंले दिएको १८१ रनको लक्ष्य पच्छाएको धनगढी निर्धारित ओभरमा ८ विकेट गुमाएर १६३ रनमा रोकियो ।
धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ५४ रनको अर्धशतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । यस्तै सन्दीप जोराले २७, पिटर टेग्रोले १९ र सौरभ खनालले १७ रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर १८० रन बनाएको थियो । जितसंगै काठमाडौंले २ अंक जोडेको छ । प्रतियोगिता अन्तर्गत आइतबार विराटनगर र धनगढी तथा पोखरा बुटवलबीच खेल हुनेछ ।















प्रतिक्रिया