
काठमाडौँ, १० कार्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा सोमपाल कामी कप्तान रहेको बुटवल ब्लास्टर्स पारस खड्का कप्तान रहेको चितवन राइनोजलाई ७० रनले हराएको छ ।
पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बुटवलले २० ओभरमा ५ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । १३६ रनको लक्ष्य पछ्याएको चितवन १६ ओभर ५ बलमा ६५ रनमा अलआउट भयो ।
सोमपाल कामीले चार, ललित भण्डारीले दुई, रोहन मुस्तफाले एक विकेट झारेका थिए । पारसले टिमका लागि सर्वाधिक १० रन बनाउन सके । सन्नी पटेलले ९ र करण केसीले ७ रन बटुले । स्मिथ पटेलले दुई र हरिशंकर साह १ रन जोडे । सोनु तामाङ, अनिलकुमार साह र आरिफ शेख शून्य रनमा आउट भए ।
विदेशी खेलाडी चिराग सुरीले १ रन बनाए भने रोहन मुस्तफाले खाता नै खोल्न सकेनन् । भिम सार्की दुई रनमा आउट भए । चौथो विकेटका लागि सागर पुन र शंकर रानाले ६८ रनको साझेदारी गरे । सागर ४६ रनमा पेभेलियन फर्किए भने राना ४८ रनमा आउट भए ।
चितवनले पहिलो २ ओभरमै २ विकेट गुमाएको थियो । ओपनरद्वय अनिलकुमार साह र सोनु तामाङ खाता नै खोल्न नपाइ आउट भए । तेस्रो ओभरमा पारस खड्का १० रनमा आउट भएपछि चितवन सुरुवातमै दबाबमा आयो ।
पारसलाई सोमपालले आउट गरेका थिए । त्यसपछि पनि चितवनको विकेट पतन रोकिएन आरिफ शेख ०, स्मित पटेल २, सनी पटेल ९ रन र हरिशंकर साह १ रनमा आउट भए । करण केसी पनि ७ रनमा रनआउटको सिकार बनेका थिए ।
शक्ति गौचनले २३ बल खेलेर ९ रन जोडे । चितवनका लागि भुवन कार्कीले सबैभन्दा बढी १९ रन जोडे । उनले २६ बलमा २ चौका प्रहार गरे ।
बलिङमा चितवनका सोमपाल कामीले ४ विकेट लिए । सोमपालले ४ ओभरमा १३ रन खर्चिए । ललितसिंह भण्डारीले २ विकेट लिन सफल भए ।
त्यसअघि शनिबार विहान पोखरा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३५ रन जोड्यो ।















प्रतिक्रिया