
काठमाडौँ । अभिनेत्री दीपिका प्रसाईंले निर्देशक दिवाकर भट्टराईसँग विवाह गरेकी छन् । दीपिकालाई दिवाकरले ‘ऐश्वर्य’ फिल्मबाट डेब्यू गराएका थिए ।
दुबैले शनिबार बिहान आ–आफ्नो फेसबुकमा ‘ऊ मेरो’, ‘ऊनी मेरो’ भन्दै एउटै प्रोफाइल तस्विर राखेका छन् । उनीहरु करिब एकवर्षअगाडिदेखि कानुनीरूपमा पतपत्नी रहेको खुलासा भएको छ ।
ऐश्वर्य रिलिजपछि उनीहरुले कोर्टम्यारिज गरेका थिए । पारम्परिक विवाह भने केहि समयपछि हुने निर्देशक भट्टराईले बताए । दुई महिना अगाडिनै उनीहरूले पारिवारिक उपस्थितिमा ‘इन्गेजमेन्ट’ गरेका हुन् । दुबै जना शनिबार एकसाथ छुट्टी मनाउन बैंकक जाँदैछन् ।
‘मेरो जीवन साथी’बाट निर्देशनमा डेब्यु गरेका दिवाकरले ‘स्टुपिड मन’ र पोस्ट प्रोडक्सनमा रहेको ‘क्याप्टेन’को निर्देशन गरेका छन् । दीपिकाले अभिनय गरेको दोस्रो फिल्म ‘छक्का पञ्जा ३’ हलमा चलिरहेको छ ।















प्रतिक्रिया