
काठमाडौं, ९ कात्तिक । १९ वर्ष मुनीको एएफसी छनोट च्याम्पियनसिपमा नेपालले भारतलाई २–० गोल अन्तरले पराजित गरेको छ । थाईल्याण्डको चोनबुरी रंगशालामा शुक्रबार भएको समुह चरणको दोस्रो खेलमा नेपालले भारतलाई हराएको हो ।
नेपालको जितमा दुवै गोल रेखा पौडेलले गरेकी हुन् । आजको जितसँगै नेपालको ३ अंक भएको छ । शुक्रबार पराजित भएपनि भारतको समान ३ अंक रहेको छ । नेपालले समुह चरणको अन्तिम खेलमा पाकिस्तानसंग खेल्नेछ ।















प्रतिक्रिया