४ कार्तिक २०८३, बुधबार

भाकपाका महासचिव यचुरीले गरे चन्द्रागिरि केवलकारको भ्रमण

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ९ कार्तिक । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का महासचिव सीताराम यचुरीले चन्द्रागिरि केवलकारको शुक्रबार अनौपचारिक भ्रमण गरेका छन् ।

भ्रमणमा आएका महासचिव यचुरीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल एवम् महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।

भ्रमणका क्रममा यचुरीले चन्द्रागिरिको स्वच्छ वातावरणबाट आफू अतन्त्य प्रभावित भएको जनाउँदै चन्द्रागिरिबाट सुन्दर हिमालहरुको दृश्यावलोकन गर्न पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको बताए ।

साथै प्यागोडा शैलिमा पुन : निर्माण गरिएको भालेश्वर महादेवको मन्दिर यहाँको अर्को उत्कृष्ट विशेषता भएको जानकारी दिदै चन्द्रागिरि हिल्स व्यवस्थापनलाई धन्यवाद तथा शुभकामना व्यक्त गरे ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।