२ कार्तिक २०८३, सोमबार

एनआईसी एशिया बैंकको नयाँ शाखा भोजपुरको दिङ्गलामा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ९ कार्तिक । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय षडानन्द नगरपालिका दिङ्गला, भोजपुर स्थित दिङ्गला शाखाको षडानन्द नगरपालिकाका मेयर विरवल राईले शुक्रबार उद्घाटन गरे ।

बैंकका मुलुकभर २ सय ६४ शाखा कार्यालय, २ सय ६२ एटिएम, २६ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखा रहित बैंकिङ ईकाईमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

बैंकको वासलातको आकार रू १ सय ९९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ सय ६७ अर्ब तथा कर्जा रू. १ सय ३८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको बैंकले जनाएको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।