५ कार्तिक २०८३, बिहिबार

मुम्बईमा के गर्दै छिन् यी नेपाली मोडल ?

8.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिल्म ‘कृ’की हिरोइन अदीति बुढाथोकी बेरोजगार बनेकी छिन् । अदीतिलाई फिल्म खेलाउन निर्माता र निर्देशकहरूले खासै रुचि देखाएका छैनन् ।

इस्टाग्राममा राम्रो फलोअर भएकी अदीतिको बेलाबेला चर्चा हुने गरेको छ । केही फिल्म खेलेपनि नेपालमा उनको खासै जादु चलेको छैन ।

भारतमा बस्दै आएकी अदीति इन्स्टाग्राममा मात्र सक्रिय छिन् । उनको एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ । उनलाई भारतका चर्चित गायक मिलिन्द गावासँग भिडियोमा अभिनय गर्दै गरेको देख्न सकिन्छ ।

फिल्म नपाए पनि अदीतिले अभिनयको योजना बिट मारेकी छैनन् । सानो पोखरीबाट ठूलो पोखरीमा हाम्फाल्ने निर्णय गरेकी छिन् ।