
काठमाडौं, ८ कात्तिक । सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले यूनियन नेपाल लाईफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र यूनियन नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरे ।
सम्झौताअनुसार यूनियन नेपाल लाईफ इन्स्योरेन्सका जीवन वीमा सेवालाई सिभिल बैंकका देशभरका शाखाहरुबाट प्राप्त गर्न सक्ने भएको बैंकले जनाएको छ ।
सिभिल बैंकले यसअघि पनि जीवन वीमा कम्पनिहरु मेटलाइफ, एल.आई.सी. नेपाल र रिलायबल नेपाल लाईफ इन्स्योरेन्ससँग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।















प्रतिक्रिया