२ कार्तिक २०८३, सोमबार

सिटीसी मोबाइल हबमा सुरु भयो तिहार धमाका, ६० प्रतिशतसम्म छुट

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ कार्तिक । काठमाडौँको सुन्धारामा रहेको सिटीसी मलमा हालै संचालनमा आएको मोबाइल हबमा तिहार धमाका मोबाइल मेला सुरु भएकोे छ ।

मोबाइलका पारखीहरुका लागि नयाँ गन्तव्यको अवधारणा सहित हबले मोबाइल मेलामा आर्कषक छुटका साथै अफर भित्रको अफर योजना ल्याएको हो ।

मोबाइल सम्बन्धि सबै सेवा एकै छानामुनि दिने र नजिकिदै गरेको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गरी भारी छुटमा मोबाइल उपलब्ध गराउन मेला आयोजना गरिएको मोबाइल हबले जनाएको छ ।

कार्तिक २२ गतेसम्म सञ्चालन हुने मोबाइल मेलामा मोबाइल खरिद गर्ने ग्राहकले दशै तिहार धमाका अन्तर्गत ६० प्रतिशतसम्म छुट पाउनेछन् । त्यस्तै अफर भित्रको पनि अफरमा ग्राहकले शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल समेत किन्न सक्ने छन् । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिनेछ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्राण्डका मोबाइल निःशुल्क वितरण गरिनेछ ।

पार्किङको अभावले आजित बनेका राजधानीबासीलाई मोबाइल किन्न वा मर्मत गर्न मोबाइल हब जाँदा निःशुल्क पार्किङ पर्याप्त मात्रामा उपलब्ध हुनेछ ।

सबैभन्दा धेरै ब्राण्ड, सबैभन्दा धेरै भेराईटी समेटेको मोबाइल हबमा विश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् । मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांश ब्राण्डका ल्यापटपका लागि पनि सिटिसी मोबाइल हबमा सस्तो मूल्यमा किन्न सकिन्छ ।

नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सर्भिस सेनटर सिटीसी मलमा छन् । नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आएको मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिलजोनको समेत व्यवस्था छ ।