काठमाडौं । अशोक शर्माले निर्देशन गरेको फिल्म ‘जय भोले’ले रेकर्ड बनाउन थालेको छ । नेपाली फिल्महरू राम्रोसँग नचलिरहेका बेला शर्माको ‘जय भोले’ले कमाल गरेको हो ।
फिल्म रिलिज भएको पहिलो हप्ता तीन करोड दुई लाख रुपैयाँ कमाइ भएको छ । एक सातामा तीन करोडभन्दा माथि कलेक्सन गरेको रिपोर्ट सार्वजनिक गरिएको छ ।
निर्देशक शर्माले व्यापारमा पारदर्शिता हुनुपर्ने भन्दै बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको बताएका छन् ।
डीसीएनकी डिस्ट्रिब्युसन एन्ड मार्केटिङ प्रमुख सीता मैनालीले ‘जय भोले’ले सोमबारसम्म तीन करोड दुई लाख ७२ हजार दुई सय ४९ रुपियाँ कमाइ गरेको बताए ।
दीपाश्री निरौला र दीपक गिरीको फिल्म ‘छक्का पञ्जा ३’लाई समेत ‘जय भोले’ले चक्मा दिएको छ । ‘छक्का पञ्जा ३’को यस पटक धेरै चर्चा हुन पाएन । राम्रो फिल्म निर्माण गर्ने श्रेणीमा शर्मा पर्छन् ।
निर्देशक शर्माले ‘जय भोले’लाई एक करोड ३५ लाखको लगानीमा बनाएको बताए ।
‘जय भोले’को कथा र विषयवस्तु ‘छक्का पञ्जा ३’को भन्दा पनि राम्रो रहेको टिप्पणी आइरहेका बेला ‘जय भोले’को टिमले पत्रकार सम्मेलन गरेर कलेक्सन भएको पैसाको जानकारी गराएको छ ।















प्रतिक्रिया