४ कार्तिक २०८३, बुधबार

विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल ल्याईंदै, चार दिनसम्म नेपालमै राखिने

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । आउँदो वर्ष इंग्ल्यान्ड र वेल्समा हुने आईसिसी विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल आउने भएको छ । विश्वकप ट्रफी बंगलादेशबाट शुक्रबार नेपाल आइपुग्ने अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसिसी) की नेपाल प्रतिनिधि भावना घिमिरे जानकारी दिइन् ।

विश्वकप ट्रफी चार दिनसम्म नेपालमै राखिनेछ । शुक्रबार ट्रफीलाई स्वयम्भु भ्रमण गराईने छ । शनिबार ट्रफीलाई पोखरा क्रिकेट रंगशालामा लगिनेछ । आईतबार ट्रफीलाई काठमाडौंको चन्द्रागिरीलाई लगेर प्रर्दशनीमा राखिनेछ । सोही दिन प्रधानमन्त्री र सर्वसाधारणलाई समेत ट्रफी देखाईने कार्यतालिका रहेको छ । अन्तिम दिन २९ गते सोमबार प्रसंशकसंग ट्रफीको फोटो खिचाएर नेपाल भ्रमणको समापन गरिनेछ ।

एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट सुरु भई ओमान, अमेरिका, वेष्ट इण्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश हुँदै नेपाल ल्याउन लागिएको हो ।