मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

चाडपर्वका वेला सुनको कारोबारमा कमी

दैनिक नेपाल २०७५ कार्तिक ६ गते १६:०३

काठमाडौं, ६ कात्तिक । सुनको मुल्य आकाशीयसँगै कारोबारमा पनि कमी आएको छ । बडादशैंलगायत चाडपर्वका वेला यस वर्ष दैनिक करिब ३० किलोको हाराहारीमा मात्र कारोबार भएको छ । गतवर्ष सोही समयमा दैनिक करिब ५० किलोसम्म कारोबार हुने गरेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा सुनको मागभन्दा आपूर्ति अत्यधिक रहेको छ । अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्य बढेको तथा नेपाली रुपियाँको अवमूल्यन हुँदै गएकाले पनि सुनको मूल्य निरन्तर बढेको छ । यसको मूल्य क्रमिक रुपमा बढेका कारण सर्वसाधारणको पनि आकर्षण घटेको पाइएको छ ।

मंगलबार बजारमा छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँ कायम भई कारोवार भएको छ । गत बडादशैँमा भने सोको प्रतितोला ५४ हजार रुपैयाँमा कारोवार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित