४ कार्तिक २०८३, बुधबार

‘केशव स्थापितको यौन प्रस्ताव नमान्दा जागिर खुस्कियो’

22.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ कात्तिक । एक जना महिला पत्रकारले प्रदेश ३ का मन्त्री तथा काठमाडौं महानगरपालिकाका तत्कालिन प्रमुख केशव स्थापितको यौन प्रस्ताव नमान्दा जागिर खुस्किएको खुलासा गरेकी छन् ।

भारतमा चलिरहेको ‘मि टु’ सामाजिक सञ्जाल अभियानकै शैलीमा पत्रकार महिला रश्मिला प्रजापतिले फेसबुकमार्फत यस्तो खुलासा गरेकी हुन् । उनले १५ बर्षअघिको घटना स्मरण गर्दै स्थापित मेयर हुँदाका घटना सार्वजनिक गरेकी हुन् । उनले स्थापितको चरित्र अझै पनि उस्तै रहेको उल्लेख गरेकी छन् ।


उनले नेपालका राजनीतिज्ञ, व्यपारी, कलाकार, मिडिया मालिकबाट महिलामाथि यौन हिंसा भइरहेको खुलासा गरेकी छन् । केशव स्थापित ‘सेक्सुअल प्रेडेटर’ रहेको आफूले अहिले पनि संसारलाई भन्न चाहेको प्रजापतिले लेखेकी छन् ।