बिहीबार, २९ कार्तिक २०७५
DainikNepal.com
बिहीबार, २९ कार्तिक २०७५

ओली र दाहालबीच बालुवाटारमा गोप्य कुराकानी

दैनिक नेपाल २०७५ कार्तिक ५ गते १२:४२

काठमाडौं, ५ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली र दोस्रो पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीभित्रको आन्तरिक विवाद मिलाउने विषयमा कुराकानी भएको छ ।

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान ओली र दाहालबीच वार्ता भएको हो । सचिवालय बैठक चलिरहेका बेला दुई अध्यक्षबीच पार्टीभित्रको आन्तरिक विषय मिलाउन छलफल भएको स्रोतले जनाएको छ ।

प्रदेश कमिटीलाई पूर्णता दिने विषयमा पनि ओली र दाहालबीच कुराकानी भएको छ ।

यसअघि आइतबार बसेको बैठकमा प्रदेश कमिटीलाई पूर्णताका साथै अन्य तल्ला कमिटी, जनवर्गीय संगठन तथा विभागकाबिच एकीकरण लगायतका विषयमा छलफल भएको थियो ।

आगामी कार्तिक १२ र १३ गते बस्ने स्थायी समितिको बैठकका एजेण्डाबारे पनि ओली र दाहालबीच कुराकानी भएको स्रोतले जनाएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालका असन्तुष्टिका विषयमा पनि सम्बोधन गर्ने ओली र दाहालबीच कुराकानी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित