५ कार्तिक २०८३, बिहिबार

यी हुन् गायिकाहरूसँग यौनसम्बन्ध राख्ने चर्चित संगीतकार, बाहिरियो कर्तुत

34.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । गायिकाहरूलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेपछि संगीतकार अनु मलिक तनावमा परेका छन् । उनलाई एउटा टेलिभिजन कार्यक्रमको निर्णयबाट निकालिएको छ ।

सन् २००४ देखि रियालिटी शो इन्डियन आइडलमा निर्णायक थिए । इन्डियन आइडल जूनियर ७ र ८ औँ सिजनमा उनी निर्णायक भएका थिएनन् । इन्डियन आइडलका हरेक सिजनमा उनी निर्णायकको भूमिकामा देखिएका थिए ।

उनीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि शो छोड्नु परेको छ । चारजनाभन्दा धेरै महिलाले यौन दुर्व्यवहारको आरोप लगाएपछि उनलाई शोबाट निकालिएको जनाइएको छ । एएनआईको खबर अनुसार शो मा अनु मलिकको सट्टामा विशाल ददलानी र नेहा कक्कडसँगै कुनै अर्को ठूलो गायकलाई लिने योजना भईरहेको छ ।

अनु मलिकलाई गायिका सोना महापात्रा र स्वेता पण्डितले यौन दुर्व्यवहारको आरोप लगाएका छन् । यी बाहेक अरु दुई महिलाले पनि अनु मलिकलाई दुर्व्यवहारको आरोप लगाएका छन् ।

गायिका सोना महापात्राले अनुको नाम लिएकी थिइन् । गायक कैलाश खेरलाई यौन दुर्व्यवहारको आरोप लाग्नासाथ सोनाले पनि आरोप लगाएकी हुन् ।

अनुको नाम मिटुमा आउने बित्तिकै सोनी टेलिभिजनको व्यवस्थापनले अनुलाई शो छोड्न भनेका थिए । अब उनी शो को बाँकी एपिसोड गर्ने छैनन् । अनुलाई मिटिङ्गमा बोलाएर नै शो छोड्न भनिएको थियो ।