४ कार्तिक २०८३, बुधबार

भविश्य सुरक्षित नभएपछि खेल छोड्न बाध्यः मुख्यमन्त्री राउत

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, ४ कात्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले खेलकूदको विकासका लागि राज्यले आवश्यक लगानी नगर्दा प्रतिभावान खेलाडीसमेत खेल जीवनबाट पलायन हुन बाध्य भएको बताएका छन्।

पर्साको जिराभवानी गाउँपालिकामा आजदेखि शुरु भएको छैटौँ परसावा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले भने, “खेलकूदमा लागेका युवा र तिनका आश्रित परिवारको भविष्यको सुनिश्चित नभएका कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गर्ने प्रतिभा भएका खेलाडी बाध्य भएर खेलजीवन त्याग्ने गरेको छ ।”

यसैगरी मुख्यमन्त्री राउतले आजै सखुवाप्रसौनी गाउँपालिकामा सञ्चालित भलिबल प्रतियोगिताको समापन अवसरमा बोल्दै आउँदो तिहार भित्रै करार विधेयक ल्याउन प्रदेश सरकार तयारी गरिरहेको जानकारी दिए।