काठमाडाै- पछिल्लो समयका चर्चित गायक हुन् सरोज ओली । उनले गाएका गीतहरु सबै हिट छन् । तिमीलाई देखेपछि आई लभ यु, जता जता पिरतीको बाटो र माछीले खाने खोलीको लेऊ बोलको गीतलाई युट्युबमा करोडौँ पटक हेरिएको छ । पछिल्लो पटक उनकोपानीको कुवाको बोलको गीत सार्वजनिक भएको थियो । कार्टुन्ज क्रुले अभिनय गरेको उक्त गीतर्र्ला युट्युबमा ५ लाख भन्दा धेरै पटक हेरिएको छ। पानी कुवाको, जता जता पिरतीको बाटो र माछीले खाने खोलीको लेऊ बोलको ३ ओटा गीतमा कार्टुन्ज क्रुले अभिनय गरेका छन् । उनको पहिलो सुपरहित गीत थियो तिमीलाई देखेपछि आइ लभ यु जसमा पल शाह र सुन्तललीले अभिनय गरेका थिए । धेरै पहिले देखि नै कला क्षेत्रमा सक्रिय रहँदै आए पनि तिमीलाई देखेपछिले सरोजलाई दर्शक तथा स्रोता माझ चिनाएको हो । सरोज ओली स्वयंम पनि आफु स्थापित हुनुमा तिमीलाई देखेपछि आइ लभ यु बोलको गीत नै भएको स्विकारर्छन् ।
चुजी स्वभावका गायक
गायक सरोज एकदमै चुजी स्वभावका छन् । उनलाई गीत सुन्न एकदमै मनपर्छ । उनी गीत सुन्दा पनि एकदमै चुज गरेर मात्रै सुन्छन् । जस्तो पायो त्यस्तो गीतले उनलाई छुँदैन् । त्यसैले पनि गीत गाउँदा एकदमै चुज गरेर मात्रै गाउँछन् । उनको एउटा टिम छ । उनी प्रायः अरु संगीतकारले गाएका गीत गाउँदैनन् । उनका अधिकांश गीतहरुमा चर्चित संगीतकार बसन्त सापकोटाको संगीत हुने गर्छ भने शब्द चाँही दिनेश थपलियाले लेख्ने गर्छन् । विगत ३ वर्षदेखि संगितकार बसन्त सापकोटा, गीतकार दिनेश थपलिया र गायक सरोज ओलीको क्यामेष्ट्रि गज्जब मिलेको छ । ढुंगा छोयो भने पनि सुन हुन्छ भने जस्तै गायक सरोजले जुन गीत गायो त्यो गीत हिट हुने गरेको छ । यस्को सफलताको श्रेय उनी आफु मात्र लिँदैनन् संगीतकार, गीतकार र म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई पनि दिन्छन् ।
चर्चित गायकहरुलाई चुनौती
गायक सरोज ओली मात्रै नेपालका त्यस्ता गायक हुन् जस्को ३ ओटा गीतहरु क्रमशः करोड क्लबमा पुगे ।आधुनिक गीतमा लगातार ३ ओटा गीतले करोड भ्युज बटुल्दै करोड क्लबमा ह्याट्रिक गर्ने पहिलो गायक हुन् उनी । पछिल्लो समय युट्युब भ्युज र लोकप्रियतालाई मापन गर्ने हो भने सरोज ओली अहिलेका चर्चित र लोकप्रिय गायक हुन् भन्ने कुरामा कसैको दुईमत नहोला । चर्चित गायकहरुले पनि एकपछि अर्को हिट गीत दिन सकेका छैनन् जबकी गायक सरोज ओली एकदमै सफल देखिन्छन् । चलेका गायकहरुका लागि सरोज ओली चुनौती र उत्साह दुबै बनेका छन्
नृत्यमा पनि पोख्त गायक सरोज
सरोज ओलीको जन्म झापा जिल्लामा भएको हो । उनी झापाबाट कलाकार बन्ने सपना बोकेर काठमाडौँ आएका थिए । काठमाडौँमा लामो समय संघर्ष गरे । बाल्यकाल देखि नै नाँच्न मनपराउने उनी नाँच्नमा पनि पोख्त छन् । कुनै समय उनले काठमाडौँमा डान्स एकाडेमी खोलेर नृत्य क्लास पनि दिने गरेका थिए । उनले नृत्य सिकाएका कयौँ ब्यक्तिहरु चर्चित मोडल बनेका छन् । जस मध्य एउटा नाम हो कार्टुन्ज क्रुका सरोज अधिकारी । सरोज अधिकारीले कुनै समय गायक सरोज ओलीसँग नृत्य क्लास लिने गरेका थिए । गायक सरोजका अधिकांश गीतमा कार्टुन्ज क्रुले अभिनय गर्नुको एउटा कारण यो पनि हो ।
ट्राफिक गायकको ट्याग
गायक सरोज ओलीले थुप्रै म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनले अभिनय गरेका म्युजिक भिडियोहरु युट्युबमा प्रशस्तै भेट्न सकिन्छ । म्युजिक भिडियोसँग सँगै उनले कयौैँ सुचना तथा सन्देशमूलक गीतहरुमा आवाज दिनुका साथै अभिनय पनि गरेका छन् । ट्राफिक नियम सम्बन्धमाबनेको हिट गीत रातो बत्तिमा रोकिने सरोजले गायका हुन् । जसमा उनी आफैले मोडलिङ पनि गरेका थिए । आफ्ना धेरै गीतहरु हिट भैसके धेरैले ट्राफिक गीत गाउने गायक भनेर चिन्ने गरेको उनी बताउँछन् । गायक ओलीले उत्कृष्ट गायकको रुपमा दर्जनौँ अवार्ड पनि हात पारिसकेका छन् ।
प्रोडक्शन हाउस र मिडिया मालिक
उनको परिचय गायक र डान्सरको रुपमा मात्रै छैन् । उनी कुशल फिल्म निर्माता पनि हुन् । उनी शुभ भिडिया होम प्रा.लीका अध्यक्ष हुन् जस्ले सामाजिक छोटा फिल्म, डकुमेन्ट्री तथा म्युजिक भिडियोहरु उत्पादन गर्दै आएको छ । नेपाल टेलिभिजनबाट प्रशारण भइरहको चर्चित टेलिसिरियल सिंहदरबार २ उनकै मिडिया कम्पनी शुभ मिडिया होमले उत्पादन गर्दै आएको छ । त्यस्तै लोडसेडिङ सम्बन्धी छोटो फिल्म उज्यालो नेपाल, हुन्नरी, गाउँकी छोरी लगायत दर्जनौँ फिल्महरु शुभ मिडिया होमले निर्माण गरिसकेको छ । गायक सरोज ओली मिडिया मालिक पनि हुन् । उनी मनोरञ्जनात्मक न्युज पोर्टल गज्जबको अनलाइनका संचालक हुन् । साथै युट्युब च्यानल गज्जब टिभी पनि उनकै हो ।
दशैँ योजना
गायक ओली दशैँमा यसपाली जन्मघर झापा जाँदैछन् । उसो त उनी सःपरिवार काठमाडौँमै बस्छन् । उनी झापा जन्मिए पनि काठमाडौँ ३२ उनको स्थायी बसोबास स्थल हो । तर पनि चाँडपर्वको बेला उनी झापा पुग्ने गरेका छन् आफ्नै गाउँमा । गाउँमा दशैँ मनाउनुको मज्जा नै बेग्लै हुने उनी बताउँछन् । यसपालीको दशैँ पनि झापामै मनाउने उनको सोँच छ । पुर्वतिर हुने विभिन्न मेला महोत्सवमा आफ्नो प्रस्तुती दिँदै घर पुगेर टिका ग्रहण गरीकाठमाडौँ फर्कने उनको योजना छ ।















प्रतिक्रिया