
काठमाडौं, २९ असोज । युएईएफए नेसन्स लिग फुटबलमा इटालीले पोल्याण्डलाई पाराजित गरेको छ । आइतबार राति भएको खेलमा इटालीले पोल्याण्डलाई १–० ले हराएको हो ।
पोल्याण्डमा भएको खेलमा क्रिष्टियानो बिराघीले निर्णायक गोल गरेपछि इटाली विजयी भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा बिराघीले गोल गरेका थिए ।
यता, पोल्याण्डले पाएको मौकाहरु सदुपयोग गर्न नसक्दा झिनो अन्तरले पराजित हुन परेको छ ।
यो जितसंगै इटालीले लिगमा पहिलो जित निकालेको छ । लिग ‘ए’ समूह ३ मा इटालीले ३ खेलबाट ४ अंक जोडेको छ । इटाली दोस्रो स्थानमा छ । पोल्याण्डको १ अंक छ । यस समूहमा पोर्चुगलको ६ अंक छ ।
नेसन्स लिग अन्तर्गतका अन्य खेलहरुमा रसियाले टर्कीलाई २–० ले पराजित गर्दा इजरायलले अल्बानियालाई पनि समान २–० ले नै पराजित गरेको छ। । रोमानिया र सर्बिया भने गोलरहित बराबरी खेलेका छन् ।















प्रतिक्रिया