२ कार्तिक २०८३, सोमबार

हुम्लामा ३ शाखाबाट कारोबार शुरु गर्‍यो जनता बैंकले

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । जनता बैंकले हुम्लाको तीन गाउँपालिकामा शाखा स्थापना गरी एकै साथ कारोबार सुभारम्भ गरेको छ । हुम्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र ताजाकोट गाउँपालिकाबाट कारोबार शुरु गरेको बैंकले जनाएको छ ।

अन्य शाखाहरु जस्तै यी शाखाहरुबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवालगायत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा सुरु गरिएको छ ।

साथै हालसम्म मोटर बाटोको पहुँच नपुगेका यी दुर्गम भेगका जनताहरुको जीवनस्तरमा बैंकिङ्ग सेवाले केही सहजता प्रदान गर्न सक्ने बैंकले विश्वास लिएको छ ।

योसँगै जनता बैंकका शाखाहरुको संख्या देशभरमा १२६ पुगेको छ । शाखाहरु अतिरिक्त बैंकले ७१ एटिएम, २ एक्स्टेनसन काउन्टर, २ सिमित बैंकिङ इकाई र ४० शाखा रहित बैंकिङहरुबाट ५ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।