
काठमाडौं, २७ असोज । शुक्रबार सुनको भाउ प्रति तोला ६० हजार रुपैयाँ पुगेको छ । यो दर विगत २०७० साल यताकै महंगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबारको तुलनामा शुक्रबार ७ सय रुपैयाँले बढेर ६० हजार पुगेको हो ।
चाडपर्वहरु नजिकिँदै जाँदा सुनको भाउ लगातार बढेको हो । यो महिनाभर लगातार सुनको भाउ भढ्यो । सुनको भाउ भदौमा प्रति तोला ५७ हजार रुपैयाँ मात्र थियो ।
अमेरिकी डलरको भाउ बढेसँगै त्यसको असर सुनमा परेको अर्थविद्हरुको भनाई छ । यसअघि डलरको भाउ बढ्दा सुनको भाउ घट्ने गरेको थियो ।















प्रतिक्रिया