४ कार्तिक २०८३, बुधबार

ग्लोबल आइएमई बैंकको डेपुटी सिइओमा महेश शर्मा ढकाल

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २६ असोज । काठमाडौँ, २६ असोज । ग्लोबल आइएमई बैंकको डेपुटी सिइओमा महेश ढकाल नियुक्त भएका छन् । मेगा बैंकमा सिनियर डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत रहेका ढकालले बिहीबारदेखि कार्यभार सम्हालेका हुन् ।

बैंकिङ क्षेत्रमा १८ वर्षभन्दा बढी समयको अनुभव सँगालेका ढकाल तत्कालिन टुरिजम डेभलपमेन्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा र नेपाल बैंकमा डेपुटी जनरल म्यानेजरको साथै केही समय व्यवस्थापन समूहको संयोजकको रुपमा रहेका थिए ।

ढकाल तत्कालिन कर्मज एण्ड ट्रष्ट बैंकमा समेत कार्यरत रहेका थिए । अर्थशास्त्रमा स्नातकोत्तर ढकाल चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।