२ कार्तिक २०८३, सोमबार

काठमाडौंमा खसीबोका तथा च्यांग्रा बिक्री सुरु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २६ असोज । सरकारले दसैंका लागि आजदेखि काठमाडौं उपत्यकामा खसीबोका तथा च्यांग्रा बिक्री वितरण सुरु गरेको छ । नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित धान गोदामबाट खसी, बोका तथा च्यांग्रा बिक्री वितरण सुरु गरेको हो ।

संस्थानका अनुसार बिहीबार साँझसम्म १८० खसीबोका तथा चार सय च्यांग्रा काठमाडौं ल्याइसकिएको छ । मुस्ताङबाट एक हजार च्यांग्रा खरिद गरी ल्याउने लक्ष्य राखिए पनि करिब ९०० च्यांग्रा ल्याइने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

दाङलगायत पश्चिमी जिल्लाबाट खसीबोका ल्याउने तयारी गरे पनि त्यहाँका व्यापारीले कुनै चासो नदेखाएपछि मकवानपुर र पर्साबाट खसीबोका खरिद गरी ल्याइएको महानिर्देशक गौचनले बताए । दाङबाट खसीबोका ल्याउन नसकिएपछि मकवानपुर र पर्साबाट लक्ष्यभन्दा आधा करिब ५१० वटा खसी बोका मात्र खरिद गरिएको छ ।

चौपायाको स्वास्थ्य परीक्षण गरी पशु स्वास्थ्य निर्देशनालयले रंग लगाउने गर्छ । पशु प्राविधिकहरूले चौपायाको स्वास्थ्य परीक्षण गरेर स्वस्थ र उपभोगयोग्य चौपायामा हरियो रंगको चिह्न लगाएका हुन्छन् भने बिरामी र उपभोग गर्न नमिल्ने चौपायामा रातो रंग लगादिएका हुन्छन् ।

सामान्य स्वास्थ्य परीक्षण गरेर त्यसका आधारमा निर्देशनालयले रंग लगाउँछ । निर्देशनालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर त्यस्तो क्वारेन्टाइन स्थापना गर्ने तयारी भएको बताएको छ ।