शुक्रबार, २१ मंसिर २०७५
DainikNepal.com
शुक्रबार, २१ मंसिर २०७५

राज्यमन्त्री चौधरी जब ‘खसीबोका’ जाँच्न निस्किइन्

दैनिक नेपाल २०७५ असोज २५ गते १२:२९

काठमाडौं, २५ असोज । दशैंमा मासुको खपत बढ्ने विषयमा गम्भिर छिन् कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरी । उनले आयात भएका ‘खसीबोका’को स्वास्थ्य जाँच नगरी बजारमा नपठाउन निर्देशन समेत दिएकी छन् ।

यतिमात्र होइन, खसीबोका बजारमा विहीबार आफैं उपस्थित भएर स्वास्थ्यजाँच गरिन् । र भनिन्,‘यसका लागि चेकपोस्ट खडा हुन्छ । स्वस्थ्य खसीबोकाको विक्रिमा रोक लगाइँदैन भने, रोगीमा रातो रङ दलिनेछ ।’

कलंकी बजारमा उपस्थित भएकी उनले अनुगमनका क्रममा चौपाया खसीबोका, भेडा, च्याङग्राको स्वास्थ्य परिक्षण तथा अनुगमन कार्यक्रमको उद्घाटन पनि गरिन् ।

पशु विभागले गरेको कार्यक्रममा उनले बिरामी रोगी भेडा च्याङग्रा बजारमा नराख्न व्यापारीहरूलाई अनुरोध गरिन् ।

पशु बिभागका महानिर्देशक बिमलकुमार निर्मल र प्राबिधिक टोली सहित पुगेकी राज्य मन्त्री चौधरीले बजार अनुगमन गरेकी थिइन् ।

हरियो रङ्ग लागेको खाने योग्य र रातो रङ्ग लागेको अयोग्य हुने उनले बताइन् । राजधानीमा दशै केन्द्रित ६ ओटा पोष्ट खडा गरि नियमित चेक जाँच गरि उपत्यकामा खसीबोका विक्रिवितरण हुने महानिर्देशक निर्मलले जानकारी दिए । प्रदर्शनी मार्ग र बिजुली बजार स्थित पशु बजारको समेत राज्यमन्त्री चौधरीले अनुगमन गरेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित