४ कार्तिक २०८३, बुधबार

सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता पाँच लाख घुसहित पक्राउ

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २४ असोज । पोखरामा सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता थापालाई बुधबार बिहान अख्तियारको टोलीले पक्राउ गरेको हो ।

ठगीसम्बन्धी मुद्दा सर्वोच्च अदालतसम्म नपुर्‍याइदिने सर्तमा उनले सेवाग्राहीबाट घुस लिएकाले पक्राउ गरिएको अख्तियारका सूचना अधिकारी रमेश ढकालले जानकारी दिए । पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको छ ।