४ कार्तिक २०८३, बुधबार

यू–१५ साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असोज । आगामी कात्तिक ८ गतेदेखि १७ गतेसम्म काठमाडौँमा हुने साफ यू–१५ च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मंगलबार साफ यू–१५ का लागि निवास फुयालको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा जान लिम्बु, प्रमेश गुरुङ, रोशन थापा, श्रीजन दानी, रोजित परियार, सुशील अधिकारी, हृदेश ठकुरी, प्रदीप लम्साल, मनाग्य नकर्मी, दिपेश गुरुङ र प्रविन मगर राकेश विक, शशाङ्क बोहरा, निराजन मल्ल, धिरज बलायर, नमास थापा, सोनम गुरुङ, रोहित शुब्बा, दिपेश राई, रोशन नेपाल, रोशन मगर र विनय श्रेष्ठ छन् । टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सनोज श्रेष्ठलाई दिइएको एन्फाले जनाएको छ । –रासस