शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

यी प्रतियोगीहरूले अनामनगरमा देखाए ट्यालेन्ट

दैनिक नेपाल २०७५ असोज २३ गते १०:०९

काठमाडौं । ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्ट प्रालिको आयोजना रहेको दुई सौन्दर्य प्रतियोगिता ‘मिसेस युनिभर्सल नेपाल २०१८’ र ‘मिस्टर एण्ड मिस टिन इन्टरनेशनल २०१८’का प्रतियोगीले आ–आफ्नो ट्यालेन्ट देखाएका छन् ।

अनामनगरस्थित संगीत फिल्ममा आयोजित ट्यालेन्ट प्रस्तुत राउण्डमा दुबै प्रतियोगिताका प्रतियोगीले गीत, नृत्य, स्पिच, ड्रामा, आर्ट लगायत विषयमा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

अधिकांस प्रतियोगीले गीत तथा नृत्य देखाएको ट्यालेन्ट राउण्डमा फिल्म निर्देशक सुशील पाण्डे, संगीतकार सरोज प्याकुरेल, इभेन्ट निर्देशक बालकृष्ण पोखरेल, नृत्य तथा फिल्म निर्देशक सावित्रा खत्री लगायत निर्णायक रहेका थिए ।

रिना थापा, हिमानी गाह थापा, पुनम थापा, सुनैमी थापा राई, दीपिका सुवाल, सुहिना अधिकारी, उषा पौडेल अधिकारी, निसा खत्री कार्की, समी तामाङ भ्लोन, देवी महर्जन, सुष्मा लामा, सविना थापा, सम्झना बस्नेत, लक्ष्मी लामालगायतका प्रतियोगी मिसेस युनिभर्सल नेपालमा रहेका छन् ।

प्रतियोगिताको मिस्टर एण्ड मिस टिन इन्टरनेशनलमा युवातर्फ कुमार राना, सन्तोष कुमार गुप्ता, किरण सापकोटा, खेमलाल दुलाल र युवतीतर्फ इन्दिरा पन्त, वर्षा सुनुवार, अर्जु रिजाल, अञ्जिता ठकुरी, इषिका खड्का, उन्नती कटुवाल, मनीषा गिरी, रिदिमा राज्य लक्ष्मी शाही, पैजिमा मिश्र, ईश्वरी श्रेष्ठ, प्रियंका सुब्बा, अञ्जली परियार, भरोसा दाहाल, सिमरन श्रेष्ठ लगायत प्रतियोगी रहेका छन् ।

युवायुवती तथा विवाहित महिलाको प्रतिभा निखार्र्दै उनीहरूको उज्वल भबिश्य निर्माणमा सहयोग पु¥याउने उदेश्य प्रतियोगिता आयोजना गरिएको ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष आशिष मिश्रले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित