४ कार्तिक २०८३, बुधबार

एनएमवि बैंक र कर्जा बजारबीच सम्झौता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २२ असोज । एनएमवि बैंक र कर्जा बजारबीच सिम्झौता भएको छ । जस अन्तर्गत इच्छुक ग्राहकले सजिलै एनएमबि बैंकको कर्जा सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्छन् ।

ग्राहकले कर्जा बजारबाट कर्जाका लागि आवश्यक प्रक्रिया सुरु गरेर कर्जाको अवस्था पनि बुझ्न सक्नेछन् । यो सुविधा एनएमबि भिषा क्रेडिट कार्डमा पनि उपलब्ध छ ।

इच्छुकहरुले बैंकको रिटेल कर्जा (घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जा आदी ) सम्बन्धी विभिन्न सुविधा व्याजदर र कर्जाको अवधिको बारेमा बजारमा उपलब्ध कर्जा सुविधासँग तुलना गर्न सक्नेछन् ।

सम्झौतामा एनएमबि बैंकका तर्फबाट गोविन्द घिमिरे, चिफ विजनेश अफिसर र कर्जा बजारका तर्फबाट युरोपमान श्रेष्ठ, डाइरेक्टर फोनिक्स क्यापिटल प्रालिले हस्ताक्षर गरेका थिए ।

कर्जा बजारसँगको सम्झौताले ग्राहकलाई रिटेल कर्जा प्रक्रिया सहज हुने बैंकको भनाई छ ।