मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

नेकपाको सचिवालय बैठक बालुवाटारमा : एकता विस्तार र असन्तुष्टिका विषयमा छलफल

दैनिक नेपाल २०७५ असोज २२ गते १०:४४


काठमाडौँ, २२ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको छ । बैठकमा पछिल्लो समय पार्टीमा देखिएको असन्तुष्टि साथै सरकारका कामको समिक्षा लगायतका विषयमा छलफल हुने बताइएको छ ।

पछिल्लो समय पार्टीका उठेका असन्तुष्टि, सरकारको काम कारवाही, स्थायी कमिटी बैठकको मिति तय र तल्ला तहका कमिटीको एकीकरण लगायतका एजेण्डामा छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिए ।

गएको ५ गते बसेको सचिवालय बैठकले प्रदेश पदाधिकारीको टुङ्गो लगाएको थियो । तर, बैठकको निर्णयलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का सदस्य नारायणकाजी श्रेष्ठको असन्तुष्टि रहँदै आएको छ । सचिवालयका वरिष्ठ नेता नेपालले सार्वजनिकरुपमै प्रदेश पदाधिकारीको विषयलाइ लिएर असन्तुष्टि जनाइसकेका छन् ।

विदेश भ्रमणमा रहेका बेला सचिवालयले प्रदेश पदाधिकारीको जिम्मेवारी तोकेपछि खासगरी नेपाल समूहले चर्को असन्तुष्टि जनाउँदै आएको छ । यसअघि बसेको सचिवालय बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ अनुपस्थित थिए ।

 

प्रतिक्रिया
सम्बन्धित