४ कार्तिक २०८३, बुधबार

यू–१८ महिला च्याम्पियनसिप : बंगलादेशले जित्यो उपाधि, नेपाल पराजित

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । नेपाल साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको उपविजेता बनेको छ । आइतबार भएको फाइनलमा बंगलादेशसंग १–० ले पराजित भएपछि नेपाल उपविजेतामै सिमित भएको हो ।

भुटानकी मासुरा प्रभिनले आफ्नो देशका लागि विजयी गोल गरिन् । उनले खेलको ४९ औं मिनेटमा गोल गरेकी हुन् ।

आइतबारको उपाधि भिडन्तमा पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । बंगलादेशसँग फाइनलमा हारेर नेपाल उपविजेता बन्दा भुटानलाई १–० ले हराएर भारत तेस्रो भएको छ । यी दुई टोलीबीचको खेल पनि आइतबार नै भएको थियो ।