२ कार्तिक २०८३, सोमबार

सिजी मोटोकोर्पलाई ५ उत्कृष्ट अर्वाड

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २१ असोज । नेपालका लागि सुजुकीका चार पाङ्ग्रे सवारी साधनको आधिकारिक विक्रेता तथा सिजी होल्डिङको अटो मोबिल विभाग सिजी मोटोकोर्पले विभिन्न विधाका ५ उत्कृष्ट अवार्ड पाएको छ ।

कम्पनीले २०१७ को सर्वाधिक पार्ट्स विक्री वितरण प्रति साधन दक्षिण एसिया, २०१७ को सर्वाधिक मर्मत अर्डर वृद्धि दक्षिण एसिया, २०१७ को सर्वाधिक नेटवर्क विस्तार पुरस्कार जित्न सफल भएको हो । यस्तै २०१७ को सर्वाधिक बजार सेयर तथा २०१७ को सर्वाधिक विक्री वितरण उपाधिमा द्वितीय स्थान हात पार्न सफल रहेको कम्पनीले जनाएको छ ।

यही २७–२८ सेप्टेम्बरमा नयाँ दिल्लीमा आयोजित अवार्ड समारोहमा उत्कृष्ट नामहरु अफ्रिका, मध्यपूर्व तथा दक्षिण एसियाका प्रतिनिधिका रुपमा सहभागी ६० भन्दा बढी सुजुकी कार विक्रेताहरुमध्ये छनौट गरिएको थियो ।

सिजी मोटोकोर्पका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘हामी यस अवार्र्ड हाम्रा मूल्यवान् ग्राहकवर्गलाई समर्पण गर्न चाहन्छौँ जसले सुजुकी ब्राण्डलाई आफ्नो जीवनको सदस्यको रुपमा रोज्नुभयो । ग्राहकहरुको यस सुजुकी ब्राण्डसँगको अनुभवलाई अविस्मरणीय बनाउन सहयोग पुर्‍याउने हाम्रो सम्पूर्ण टोलीको योगदान प्रशंसनीय छ ।’

विक्री वितरण, सर्भिस तथा स्पेयर पार्ट्सको क्षेत्रमा नवीनता प्रस्तुत गरिरहेको सुजुकी नेपालमा सर्वाधिक विक्री हुने सवारी साधन ब्राण्ड हो जसको नेटवर्क देशका अत्यधिक स्थानमा फैलिएको छ ।