
काठमाडौं । बलिउड अभिनेत्री तनुश्री दत्तले अभिनेता नाना पाटेकरविरुद्ध १० बर्ष अघि यौनहिंसा गरेको उजुरी प्रहरीमा दर्ता गराएकी छन् ।
केही दिनअघि देखि मिडियामा उक्त विषयमा अन्तरवर्ता दिएर सनसनी मच्चाइरहेकी तनुश्री अन्ततः प्रहरी थानामा पुगेकी हुन् । महाराष्ट्रका गृहमन्त्रीले मिडियामा आउनुभन्दा पनि प्रहरीकहाँ उजुरी दिएर जाँच गराउँदा हुने बताएका थिए ।
उनले ओशिवारा प्रहरी चौकीमा उजुरी दर्ता गराएको समाचारहरूमा जनाइएको छ ।
तनुश्री र नानाले ‘हर्न ओके प्लिज’ भन्ने फिल्ममा सँगै अभिनय गरेका थिए । सन् २००८ मा छायांकन भएको फिल्मको आइटम गीतमा तनुश्री र नानापाटेकरको अभिनय रहेको थियो ।
बलिउड छाडेर अमेरिका बसेको १० बर्षपछि फर्किएकी तनुश्रीले उक्त फिल्मको गीतको छायांकनका क्रममा गलत तरिकाले नाना पाटेकरले छोएको अभियोग लगाएकी थिइन् ।
उक्त घटनाबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएका नानाले यसको जवाफ १० बर्ष अघि नै दिइसकेको पनि बताएका थिए ।















प्रतिक्रिया