
काठमाडौं, २० असोज । बंगबन्धु गोल्डकप फुटबल अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले अहिले प्यालेस्टाइनसंग प्रतिस्पर्धा गरिरहेको छ ।
पहिलो खेलमा पराजित नेपाल प्यालेस्टाइनविरुद्ध गर या मरको स्थितिमा हुनेछ । मंगलबार भएको समूह चरणको पहिलो खेलमा नेपाल ताजकिस्तानसंग २ – ० ले पराजित भएको थियो ।
सिल्हेटस्थित जिल्ला स्टेडियममा नेपाललाई दोस्रो चरणमा पुग्न फराकिलो जित आवश्यक रहेको छ । झिनो अन्तरको जित र बराबरीले नेपाल सेमिफाइनलमा पुग्न असफल हुनेछ ।
समूह ’ए’ मा रहेको नेपालले अंक जोड्न सकेको छैन । यता, प्यालेस्टाइन र ताजकिस्तानले ३/३ अंक जोडेको छ ।















प्रतिक्रिया