मुम्बई । आमिर खानका अधिकांश फिल्म सुपरहिट छन् । फिल्म हेरे पनि आमिरखानको बारेमा धेरैलाई थाहा हुन नसक्छ ।
१९७३ मा रिलिज भएको नासिर हुसैन निर्देशित ‘यादों कि बारात’ फिल्ममा आमिर खान बाल कलाकारको भूमिकामा छन् । यस फिल्ममा धर्मेन्द्र र जिनत अमानको मुख्य भूमिका छ ।
‘कयामत से कयामत तक’ आमिर खान अभिनित सुपरहिट फिल्म हो । यही फिल्ममार्फत आमिर मुख्य भूमिकामा जमेका हुन् । तर, उनले मुख्य भूमिकामा अभिनय गरेको पहिलो फिल्म १९८४ मा प्रदर्शनमा आएको ‘होली’ हो ।
‘कयामत से कयामत तक’ सफल भएपछि आमिरको चर्चा आकासिएको थियो । उनले खेलेका झन्डै १० फिल्म असफल भए । ‘दिल’ अपवाद थियो । धेरै चर्चा गरिएको ‘अन्दाज अपना अपना’ पनि असफल भयो ।
आमिर खानले १९८६ मा रिना दत्तसँग विवाह गरेका थिए । उनीहरूका दुई सन्तान छन् । सन् २००२ मा रिनासँग डिभोर्स गरेपछि आमिरले २००५ मा किरण रावसँग विवाह गरे । यो जोडीको एक छोरा छन् ।
आमिर खान सन् २०११ मा भारतका लागि युनिसेफका ब्रान्ड एम्बेसडर छनोट भएका थिए । सन् २०१४ मा उनी युनिसेफको दक्षिण एसिया क्षेत्रीय ब्रान्ड एम्बेसडर नियुक्त भए । एजेन्सी















प्रतिक्रिया