१ कार्तिक २०८३, शनिबार

थाइल्याण्ड नरेशलाई एक हजार ६०० सुरक्षाकर्मी

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैङ्कक, २० असोज । थाइल्याण्डका राजा र उनको परिवारका लागि झण्डै एक हजार ६०० सुरक्षाकर्मी खटाइएको छ ।

राजा महा भाजिरालोङकोर्न र उनको परिवारका लागि यति ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू खटाइएको सुरक्षा स्रोतले शुक्रबार जनाएको छ ।

थाइल्याण्डको राजसंस्थालाई उच्च सम्मानकासाथ हेरिन्छ भने त्यही अनुसारको सुरक्षा व्यवस्था गरिएको छ ।

थाइल्याण्डका जनताले अति आदर गर्ने तत्कालिन नरेश भूमिबोलको निधन भएपछि अहिले उनका छोरा राजा बनेका छन् ।

स्वघोषित विषेश सेवा विभाग नवनियुक्त प्रमुख तोर्साक सुक्भीमोलले एएफपीलाई दिएको जानकारी अनुसार हालै मात्र ४०० सुरक्षाकर्मीहरु थपिएका छन् ।

थपिएका सुरक्षाकर्मीहरु अपराध नियन्त्रण विभागबाट ल्याइएको उनले जानकारी दिए । उनीहरुलाई शाही परिवारको सुरक्षा र संस्कारका बारेमा पनि प्रशिक्षित गरिएको छ ।

‘अहिले थपिएका सहित गरेर कुल सुरक्षाकर्मीहरुको संख्या एक हजार ६१७ पुगेको छ’, तोर्साकले भने । उनीहरूले करिब पाँच वर्ष त्यहाँ सेवा गर्ने बताइएको छ ।

शाही सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरुलाई दश उप विभागमा विभाजन गरेर जिम्मेबारी दिइएको छ । एएफपी