४ कार्तिक २०८३, बुधबार

टेस्टमा कोहलीको २४ औं शतक

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । वेस्ट इंडिजविरुद्धको टेस्ट सिरिजको पहिलो पारीमा भारतीय कप्तान विराट कोहलीले शतक लगाएका छन् । उनले १८४ बलमा शतक पूरा गरेका हुन् । शतकसँगै विराटले केही उपलब्धिहरु हासिल गरेका छन् ।

उनको यो २४ औं टेस्ट शतक हो । उनले मात्र ७२ म्याचमा यो उपलब्धि हासिल गरेका हुन् । यति छिटो यस्तो सफलता हासिल गर्ने उनी पहिलो भारतीय क्रिकेटर हुन् । खेल राजकोटमा जारी छ ।

खबरका अनुसार विराटले २४ शतक प्रहार गर्न ७२ म्याच लगाउँदा सचिन तेन्दुलकरलाई सोही सफलता हासिल गर्न १२५ म्याच लागेको थियो ।त्यस्तै सुनील गावस्करलाई १२८ म्याच लागेको थियो ।

उनले मात्र ५३ पारीमा होम ग्राउण्डमा तीन हजार रन पूरा गरेका छन् ।