४ कार्तिक २०८३, बुधबार

तत्कालिन किस्ट बैंकका प्रबन्ध सञ्चालक ज्ञवाली पक्राउ, काठमाडौं ल्याइँदै

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । बैंकिङ कसुरमा अदालतले दोषी ठहर गरेपछि फरार सूचीमा रहेका तत्कालिन किस्ट बैंकका प्रमुख प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई महेन्द्रनगरबाट शुक्रबार पक्राउ गरेको हो । ज्ञवालीलाई ९ बजेको फ्लाइटबाट धनगडीबाट काठमाडौं ल्याइँदैछ ।

महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक धिरजप्रताप सिंहले ज्ञवाली पक्राउ गरिएको बताए । उनले दैनिक नेपालसँग भने,‘खोजी सूचीमा रहेका ज्ञवाली लामो समयदेखि फरार थिए । हामीले उनलाई महेन्द्रनगरबाट पक्राउ गरेका हौं ।’

राष्ट्र बैंकले बैंकिङ कसुरमा दोषी ठहर गरेका ज्ञवालीलाई ४ बर्ष जेल र साढे ४ करोड विगो तोकिएको थियो । ०७२ सालदेखि उनी फरार थिए ।

उता, तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चाल पनि रहेका ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय सुनाइएको थियो । १२ करोड ५० लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।

जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोगमा पुनरावेदन अदालत पाटनले २०७३ सालमा ज्ञवाली दम्पत्तीलाई दोषी ठहर गरेको थियो । उनी फरार थिए ।

न्यायाधीशद्वय डिल्लीप्रसाद आचार्य र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजालसले ज्ञवाली दम्पतीलाई ३/३ वर्ष जेल सजाय र ६ करोड २५ लाखर ६ करोड २५ लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको थियो ।

६ करोड रुपैयाँ पर्ने सम्पत्ति धितो राखेर बैंकबाट ३ गुणा बढी कर्जा लिई त्यसको दुरुपयोग भएको भेटिएपछि केन्द्रीय अनुसन्धान व्यूरोले मुद्दा दायर गरेको थियो । सीआइबीले मुद्दा दायर गरेपछि ज्ञवाली दम्पती फरार थिए ।

ज्ञवालीले तत्कालिन समयमा आफु प्रबन्ध सञ्चालक रहेको बैंक किष्टबाट पनि श्रीमति संलग्न रहेको जम्को प्रकाशनलाई १३ करोड रुपैयाँ ऋण प्रवाह गरी दुरुपयोग गरेका थिए । सो मुद्दामा भने अदालतबाट फैसला हुन बाँकी नै छ । उनकी श्रीमति भने अझै फरार सूचीमा नै छिन् ।