२ कार्तिक २०८३, सोमबार

आयल निगममा वर्षमा एक अर्बको तेलको पैसा गायब

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । कुल कारोबारको ०.५ प्रतिशत इन्धन चुहावट हुने गरेको नेपाल आयल निगमको तथ्यांक छ । गत आर्थिक वर्ष निगमले २ खर्बको कारोबार गरेको थियो । ट्यांकर, डिपो र पेट्रोलपम्पबाट हुने वार्षिक एक अर्बको वैधानिक चुहावटबाहेक पनि थप चुहावट हुन्छ, जसको लेखाजोखा छैन ।

निगमको भण्डारणगृहबाटै प्राविधिक तथा तापक्रमका कारण नोक्सानी हुने गरेको छ । ८ वटा इन्धन डिपोमा राखिएको पेट्रोल ०.५७ प्रतिशतदेखि ०.९० प्रतिशतसम्म चुहावट हुने निगम बताउँछ । डिजेल र मट्टीतेल ०.३२ देखि ०.६२ प्रतिशतसम्म, हवाई इन्धन ०.१० देखि ०.६२ प्रतिशतसम्म चुहावट हुने निर्धारण निगमले गरेको छ ।

निगमले पेट्रोलपम्पलाई समेत चुहावट हुने लक्ष्य निर्धारण गरिदिएको छ । डिपोबाट पम्पसम्म लोड, अनलोड गर्दा पेट्रोलमा तापक्रमबापत ०.५० प्रतिशत र कार्यगततर्फ ०.३० प्रतिशत गरी ०.८० प्रतिशत चुहावट हुने लक्ष्यसहित भर्पाई दिने गरेको छ । डिजेल र मट्टीतेलमा तापक्रमबापत ०.३० प्रतिशत र कार्यगत ०.२५ गरी ०.५५ प्रतिशत नोक्सान दर निर्धारण गरेको छ ।

आइओसीबाट निगमको डिपोसम्म तेल ओसार्दासमेत चुहावट हुने गरेको छ । पेट्रोलियम तातो ठाउँबाट चिसोमा ढुवानी हुँदा घट्ने र चिसोबाट तातोमा ढुवानी हुँदा बढ्ने गर्छ । नेपालभन्दा भारतको तापक्रम बढी भएकाले त्यहाँबाट ल्याएको इन्धन घट्ने गर्छ ।

आइओसीको डिपोबाट निगमको डिपोमा तेल ल्याउँदा प्रतिहजार लिटर पेट्रोल प्रतिडिग्री तापक्रममा १.०६ लिटर तथा डिजेल र मट्टीतेल ०.७५ लिटर घट्ने सूत्र तयार गरेको छ । जसकारण १२ हजार किलोलिटरको ट्यांकरमा पेट्रोल ल्याउँदा ७ डिग्री तापक्रम कम भए करिब ९० लिटर मात्रा घट्छ ।