२१ कार्तिक २०८३, शनिबार

१० महिना अघिनै म्याद नाघेका खाद्य पदार्थ विक्रिमा भेटियो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


इटहरी, १८ असोज । इटहरीमा बजार अनुगमन सुरु गरिएको छ । इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा बिहीबार खाद्य समाग्री बेच्ने होलसेल पसलहरुको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा केहि पसलहरुमा म्याद नाघेका खाद्य पदार्थ समेत बेच्न राखेको पाइएको इटहरी उपमहानगर वातावरण शाखा प्रमुख पुष्प नारायण चौधरीले बताए । उनका अनुसार दश महिना अघि नै म्याद नाघेका जंक फुड, चिसोे पेय पदार्थ बेच्न राखेको भेटिएको छ । यसैगरि कहिले बनेको, कहाँ बनेको र कहिले सम्म उपभोग गर्दा हुने हो केहि पनि उल्लेख नगरिएको खाद्यपदार्थ समेत पाइएको छ ।

बजार अनुगमनका क्रममा मिसावट, लेवल नभएका समान र म्याद नाघेका खाद्य पदार्थ पनि बेच्न राखेको पाइएकोले उपमहानगरले कानुन बमोजिम कारवाहीको दायरामा ल्याउने उपप्रमुख लक्ष्मी गौतमको भनाई छ । खाद्य पदार्थको परीक्षण गरेर कानुन बमोजिम कारवाहीको प्रक्रियामा जाने उनले प्रतिवद्धता जनाए ।

बजारमा कालाबजारी पाइए कानुन बमोजिम कारवाहीका लागि उद्योग वाणिज्य संघले स्थानीय सरकारलाई सहयोग गर्ने उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टले बताए । उनले गलत गतिविधि गर्ने व्यापारीलाई स्थानीय सरकारले कारवाहीको दायरामा ल्याउनु पर्नेमा जोड दिए ।

उपमहानगरले बजार अनुगमन नियमावली बनाएर अनुगमन थालेको हो । उपभोक्ता हित संरक्षण समिति र बजार अनुगमन समिति समेत गठन गरिएको छ ।

जिल्ला प्रशासन, प्रहरी, नापतौल तथा गुणस्तर कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्तावादी संस्था र सञ्चारकर्मीहरु संलग्न टोलीले बजार अनुगमन गरेको हो ।

डिल्ली दाहाल उपभोक्ता मञ्च इटहरीका सचिव डिल्ली दाहालले अब अनुगमनलाई तीव्रता दिएर उपभोक्ताको हितमा अघि वढने बताए ।