
काठमाडौं , १८ असोज । बाँके र सुनसरीबाट अवैध लागूऔषध सहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
बाँके नेपालगंज उपमहानगरपालिका–१६ स्थितबाट बर्दिया बासगडी नगरपालिका–५ रामपुर बस्ने १४ वर्षीय अनिल सुनार र १४ वर्षीय प्रकाश नेपालीलाई अबैध लागूऔषध ब्राउन सुगर १ ग्राम २ सय मिली ग्राम सहित प्रहरीले पक्राउ गरेको हो ।
भारतको रुपैडियाबाट नेपालतर्फ आइरहेको अवस्थामा प्रहरीले जाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला परेको हो ।
यस्तै सुनसरी इटहरी–२ आँपगाछि स्थितबाट सुनसरी धारान उपमहानगरपालिका–१० बस्ने १९ वर्षीय नाछु शेर्पा र धरान उपमहानगरपालिका–८ का १७ वर्षीय समिर लिम्बुलाई लागूऔषध ट्रामाडोल ५ सय २० पिस र स्पास्मो १ हजार १० पिस सहित प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी चौकी हलगडाबाट खटिएको प्रहरी टोलीले काँकडभिटाबाट धरानतर्फ आउदै गरेको ना.२ ख ८४३६ नम्बरको बस जाँच गर्दा बसमा सवार उनीहरुको साथबाट लागूऔषध फेला परेको हो ।
घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।












प्रतिक्रिया