
काठमाडौं, १८ असोज । बुधबार ह्वात्तै बढेको सुनको भाउ आज तोलामा १ सय रुपैंयाले घटेको छ । चाँदीको भाउ पनि तोलामा ५ रुपैंयाले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ५८ हजार ९ सय रुपैंयामा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ६ सय रुपैंयामा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला ७४५ रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।















प्रतिक्रिया