न्युयोर्क, १८ असोज । अमेरिकाको साउथ क्यारोलिनामा बन्दुकधारीले सातजना प्रहरी अधिकारी गोली प्रहार गरेका छन् ।
गोली लागेका मध्ये एकजनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
एक बन्दुकधारीले फ्लोरेन्समा बालबालिकाई बन्धक बनाएका थिए । प्रहरीसहितको सरकारी टोली उनीहरुको उद्धारका लागि पुगेको थियो । दुई घण्टाको प्रयासपछि सबैलाई उद्धार गरी अस्पताल लगिएको स्थानीय अधिकारीले बताएका छन् ।
त्यसक्रममा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जना प्रहरी अधिकारी घाइते भएका हुन् ।
आक्रमणकारीले के कारणले यस्तो गरेको भन्ने खुलेको छैन र आक्रमणकारीको परिचय पनि खुलेको छैन । अमेरिकामा अहिलेसम्म यो वर्ष ड्युटिमै रहेका बेला ११२ जनाको ज्यान गइसकेको छ।
अमेरिकामा सन् २०१७ मा बन्दुक आक्रमणमा परि १५ हजार भन्दा बढीको ज्यान गएको थियो । यस्तै अमेरिकामा हरेक वर्ष बन्दुक प्रहार गरी करिब २२ हजारले आत्महत्या गर्ने गरेका छन् ।
फ्लोरेन्समा भएको घटनाबारे अनुसन्धान भइरहेको र एक आक्रमणकारी नियन्त्रणमा रहेको स्थानीय प्रहरीले जनाएको छ । एजेन्सी















प्रतिक्रिया