१ कार्तिक २०८३, शनिबार

यी हुन् पूर्व प्रधानमन्त्रीका भ्रष्ट पत्नी, बुधबार पक्राउ

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्वालालम्पुर, १८ असोज । मलेसियाका पूर्वप्रधानमन्त्रीका श्रीमती रोसमाह मन्सुरलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ ।

कैयौँ अर्ब डलर भष्टाचार गरेको आरोपमा उनलाई देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले बुधबार पक्राउ गरेको हो ।

रोसमाहका अधिवक्ता के कुमाराएन्ड्रानले उनी पक्राउ परेको पुष्टि गरिएको समाचारमा जनाइएको छ ।

मलेसियाको भष्टाचार नियन्त्रणसम्बन्धी निकायले रोसमाहमाथि केही प्रश्नहरु उठाएपछि उनी पक्राउ परेको बताइएको छ ।

उनकी श्रीमान् तथा मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई पनि भ्रष्टाचार र मुद्रा अपचलनलगायतको आरोप लागेको छ । एएफपी