२१ कार्तिक २०८३, शनिबार

मकवानपुरको तेस्रो जिल्ला सभाको तयारी पूरा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १७ असोज । मकवानपुर जिल्लाको तेस्रो जिल्ला सभाको सम्पुर्ण तयारी पूरा भएको छ । जिल्ला सभाको सम्पुण तयारी पूरा भएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिएका छन् ।

जिल्ला सभा शुक्रबार हुने उनले जानकारी दिए । तर जिल्ला सभा पूर्व बिहीबार जिल्लाका सबै स्थानीय तहले यो बर्ष गरेका कामहरुको बारेमा समिक्षा बैठक बस्ने उनले बताए ।

जिल्लाका स्थानीय तहको समिक्षा बैठक भोलि बिहान १० बजेबाट सुरु हुने तथा पर्सि जिल्ला सभा बस्ने समेत उनले जानकारी दिए । जिल्ला सभाबाट अनुगमन कार्यविधी, आचार संहिता, लगायत पारित गरिने प्रमुख खुलालले बताए ।

त्यस्तै मकवानपुर जिल्लाको लोगो तयार पारेर जिल्लाभर लागु गर्ने, तथा स्थानीय तहका जन प्रतिनिधिहरुको ड्रेस कोड लागु गर्ने प्रस्ताव गर्ने तथा जिल्ला समन्वय समितिको चालु आर्थिक वर्षको बजेट पास गरिने प्रमुख खुलालले जानकारी दिए । तेस्रो जिल्ला सभा अघि भोलि जिल्लाका स्थानीय तहको बार्षिक समिक्षा बैठकको आयोजना गरिएको उनले बताए ।

जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक कायृक्रम अन्तरगत हुने समिक्षा बैठकमा जिल्लाका १० वटै स्थानीय तहहरुले आर्थिक वर्ष २०७४/०७५ मा गरेका गतिविधि, मुख्य उपलब्धी, समस्या तथा समाधानका उपायहरुका सम्बन्धका बारेमा कार्यपत्र प्रस्तुत गर्ने बताईएको छ ।

जिल्लाका पालिकाहरुमा हाल सम्म भए गरेका गतिविधि,उपलब्धी तथा समस्याका विषयमा जानकारी आदान प्रदान गर्नका लागि पनि समिक्षा बैठकले सहयोग पुग्ने विस्वास उनले व्यक्त गरे ।