
–बिजय चालिसे
असोज १७ कावासोती । नवलपुरको मध्यविन्दुमा लागू औषधसहित एक जना पक्राउ परेका छन् । मध्यबिन्दु नगरपालिका वडा नं. १० अरुणखोलामा पुर्व तर्फ आउदै गरेको लु २ ख ११२४ नंबरको बसमा चेकजाँच गर्दा पश्चिम नवलपरासी बर्दघाट नगरपालिका वडा नंबर ९ भुताहा बस्ने २६ वर्षिय डेविट गुरुङ लागु औषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
उनको साथबाट प्रहरीले डाईजेपाम ७४ एम्पुल, फेनारगन ७४ एम्पुल, टालजेसिक ७४ एम्पुल बरामद गरेको छ । पक्राउ परेका गुरुङलाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया