४ कार्तिक २०८३, बुधबार

बंगबन्धु गोल्डकपः नेपाल ताजकिस्तानसँग २–० ले पराजित

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १६ असोज । बंगबन्धु गोल्डकप फुटबलमा नेपाल ताजकिस्तानसँग २–० ले पराजित भएको छ । बंगलादेशको सिलेज जिल्ला स्टेडियममा भएको खेलमा नेपाल पहिलो हाफमा १–० ले पछि थियो । तर दोस्रो हाफमा पनि नेपालले गोल फर्काउन सकेन । नेपालले दोस्रो हाफमा थप एक गोल खाएको हो ।

खेलको २७ औ मिनेटमा फाक्त उलोईथले गोल गर्दै ताजकिस्तानलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफ अन्तर्गत ६८ औ मिनेटमा ताजकिस्तानले नेपालको कमजोर डिफेन्सको फाईदा उठाउदै दोस्रो गोल गरेको हो ।

नेपाल बंगबन्धु गोल्डकपको साविक विजेता टोली हो ।