४ कार्तिक २०८३, बुधबार

बङ्गबन्धु गोल्डकप : नेपाल र ताजकिस्तान भिड्दै

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असोज । डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु गोल्डकपको पहिलो खेलमा मंगलबार ताजकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशको ढाकामा सोमबारदेखि शुरु भएको बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा मंगलबार अपराह्न ताजकिस्तानसँग खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

त्यस्तै दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ । समूह ‘ए’मा नेपालसहित प्लोस्टाइन र ताजाकिस्तान छन् । समूह ‘बी’मा आयोजक बङ्गलादेश, फिलिपिन्स र लाओस छन् । साविक विजेताका नाताले नेपालले यसपटक सोझै बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाउन पाएको हो ।

नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलान न्यौपाने, विशाल श्रेष्ठ, डिफेण्डरमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, कप्तान विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल, मिडफिल्डरमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का, तेज तामाङ र फरवार्डमा भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ तथा अन्जन विष्ट छन् ।

ताजकिस्तानविरुद्ध मैदान उत्रदा साविकको विजेता नेपाल आफ्नो साख जोगाउने लक्ष्यमा हुनेछ । फिफा बरियतामा नेपालभन्दा निकै माथि रहेको ताजिकिस्तानविरुद्ध नेपाललाई जित निकाल्न चुनौतीपुर्ण छ । फिफा बरियतामा नेपाल १६० औँ स्थानमा छ भने ताजकिस्तान १२० औँ स्थानमा छ ।

पछिल्लो पटक नेपालले ताजकिस्तानविरुद्ध गत वर्ष एएफसी एसियन कप छनोटमा प्रतिस्पर्धा गरेको थियो । तर, दुवै खेलमा नेपाल पराजित भएको थियो । नेपालले घरेलु मैदानमा भएको पहिलो खेलमा २–१ हार बेहोरेको थियो । दोस्रो खेलमा नेपालले उसैको मैदानमा ३–० ले पराजित भएको थियो । –रासस