१ कार्तिक २०८३, शनिबार

मालदिभ्सका पूर्व राष्टपति गयूमलाई धरौटीमा रिहा गर्न आदेश

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोम्बो, १५ असोज । मालदिभ्सका पूर्व राष्ट्रपति मौमुन अब्दुल गयूमलाई धरौटीमा रिहा गर्न आइतबार अदालतले आदेश दिएको छ ।

मालदिभ्सको इतिहासमा सबैभन्दा लामो समय नेतृत्वमा रहेका गयूमलाई उनका सौतेला भाई राष्ट्रपतिको निर्वाचनमा पराजित भएको एक हप्तापछि धरौटीमा रिहा गर्न आदेश भएको हो ।

असी वर्षीय गयूम र उनका छोरा फारिस मौमुनलाई राजधानी मालेमा रहेको उच्च अदालतले आदेश दिएको छ । उनीहरूलाई विवादास्पद केही मुद्दामा जेल पठाएपछि त्यसउपर गरिएको पछिल्लो पुनरावेदनका आधारमा सुनुवाई भई जेलमुक्त गरिएको छ ।

हालै भएको निर्वाचनमा ५८।४ प्रतिशत मत ल्याई राष्ट्रपतिमा निर्वाचित हुनुभएका इब्राहिम मोहमद सोलिहले वर्तमान् राष्ट्रपति अब्दुल्लाह यमीनसँग सबै राजनीतिक बन्दीलाई रिहा गर्न गरेको अनुरोधपछि अदालतको उक्त निर्णय आएको हो । एएफपी