
काठमाडौं, १४ असोज । टी–२० विश्वकप छनोट खेल्ने प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ । सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि असोज १७ देखि २६ गतेसम्म मलेसियामा छनोट खेल हुँदैछ ।
१४ सदस्यीय नेपाली प्ररम्भिक टोलीमा कप्तान पारस खड्का रहेका छन् । नेपाली टिममा कप्तान पारस खड्कासहित ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, सन्दीप लामिछाने, सोमपाल कामी, रहेका छन् । यस्तै विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी र शरद भेषवाकर पनि टिममा अटाएका छन् ।
टिममा सुनील धमाल र सागर पुनलाई भने वैकल्पिक खेलाडीको रुपमा राखिएको छ ।
नेपालले १० दिन अभ्यास गरेपछि राष्ट्रिय टिम घोषणा गरेको हो । नेपाली टिम सोमबार दिउँसो मलेसिया जाने कार्यक्रम छ । मलेसियामा नेपालले पहिलो खेल म्यानमारसँग असोज १७ गते खेल्नेछ ।















प्रतिक्रिया