
काठमाडौँ, १४ असोज । नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघको राष्ट्रिय महाधिवेशन आउँदो फागुन पहिलो हप्ता हुने भएको छ ।
संघको आइतबार बसेको केनद्रीय समिति बैठकले आउँदो फागुन ४ देखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।
जिल्ला अधिवेशन हुन बाँकी १० जिल्लालाई आउँदो मंसिर १५ गतेसम्म अनिवार्य गर्न पत्राचार गर्ने निर्णय पनि भएको सचिव दीपक सोनीले जानकारी दिए ।
साथै दलित समुदायलाई लोकतान्त्रिक पद्धतिका माध्यमबाट बृहत्तर हक, हितलाई सुनिश्चित गर्न पार्टीको विधानमा समावेश गर्नुपर्ने गरि विधान मस्यौदा सुझाव समितिमा सुझाव पेश गर्ने निर्णय समेत भएको छ ।












प्रतिक्रिया